Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ

बुद्धबार, १४ माघ २०७७, सगरमाथा पोष्ट.
मकवानपुर , वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज हेटौँडामा शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री पौडेलले हेटाँैडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको कोभिडको पिसिआर प्रयोगशाला कक्षको पनि आज उद्घाटन गर्नुभयो । कार्यक्रममा हेटाँैडा अस्पतालका प्रमुख चिकित्सक डा प्रवीण श्रेष्ठले कोभिड–१९ को खोप लगाउनुभयो । समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेशका जनताको स्वास्थ्या उपचार र दैविक प्रकोपबाट पीडित भएका परिवारलाई तत्काल उद्धार गर्न प्रदेश सरकारले आफ्नो स्रोतसाधन र जनशतिm परिचालन गरिएको बताउनुभएको छ । उहाँले कोभिडको खोप जनतालाई पु¥याउन सङ्घीय सरकारले समयमा निकै मिहिनेतका साथ उपलब्ध गराएको चर्चा गर्दै सरकार र जनताप्रति जिम्मेवार र जवाफदेही रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृद्धितर्फ क्रियाशील तुल्याउन विभिन्न जिल्लामा प्याकेज कार्यक्रमहरु सञ्चालनमा रहेको र ती योजनाहरुबाट छिट्टै जनताले दिगो लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेले सङ्घीय सरकारले कोभिड खोप उपलब्ध गराइएअनुसार वाग्मती प्रदेशको १३ जिल्लामा ६४ हजार १९२ जना नागरिकलाई खोप लगाउने कार्यक्रम राखिएको उल्लेख गर्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नागरिकलाई खोप लगाउने उच्च प्रथामिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । वाग्मती प्रदेशका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोप केन्द्र स्थापना गरिएको सो मन्त्रालयका सचिव काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सहसचिव डा पुरुषोत्तम राज सेढाईं र हेटाँैडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले कोभिड–१९ का बिरामीलाई तत्काल उपचार गर्ने कार्यमा आवश्यक चिकित्सक तथा आधुनिक सुविधायुक्त प्रयोगशालाको स्थापना गरी नियमित सेवासुविधा उपलब्ध गराउँदै आएको बताउनुभयो । चितवनका तीन ठाउँबाट खोप अभियान शुरु चितवन ः कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो । भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको छ । यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो । जिल्लामा चार हजार २०० जनालाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिइनेछ । यस्तै रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिइनेछ । माडीमा माडी नगरपालिका भित्रकालाई दिइने कार्यक्रम रहेको तिवारीले बताउनुभयो । आगामी नौ दिनभित्रमा पहिलो चरणको खोप लगाइसक्ने उहाँले जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू