Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

हरेक तानाशाहले आफ्नो अन्तिम घडिमा ओली सरकारले झै नागरिकमाथि दमनमा उत्रन्छन् : वरिष्ठ नेता पौडेल

मंगलवार, १३ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताएका छन् । उनले सवै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडिमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहाँस रहेको उल्लेख गरेका छन् । वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसंग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताएका छन् । उनले प्रतिगमन विरुद्धका सवै  आन्दोलनमा मेरो साथ र सर्मथन रहने पनि उल्लेख गरेका छन् । साथै लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफै अघिल्लो मोर्चामा हुने पनि बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू