Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने

मंगलवार, १३ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ हिजो आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकार निकायलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो,“सूचना र प्रविधिका क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नाको विकल्प छैन, सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।” मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकार निकायसँगको सहकार्यमा जोड दिइने नीति लिएको बताउँदै सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तरराष्ट्रियस्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री गुरुङले विज्ञको रायसुझाव ग्रहण गरेर सूचनाप्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुु¥याएको पनि जानकारी दिनुभयो । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरोकार निकायसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो । विज्ञले सूचना प्रविधिको विकासका लागि कानूनी, नीतिगत र लगानीमैत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू