Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रम

आईतवार, ११ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान र लोकतन्त्र विरोधी भएको बताउनुभएको छ । अपाङ्गतासँग सम्बन्धित विभिन्न संघसंस्थाले आज र आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्न चाहनेहरूले देशमा अस्तव्यस्तता ल्याई स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप लगाउनुभयो । संसद् सांसदहरूको जागीर खाने मात्रै थलो नभएकाले सांसदको काम हेरेर पुरस्कृत र दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्नेमा उहाँले जोड दिनुभयो । ‘‘स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउन खोजियो”, उहाँले भन्नुभयो, ‘‘संसद्मा पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागीर हो ? पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ । मैले निर्णय गर्ने अधिकार आफ्नो हातमा लिएको छैन । जनताका बीचमा जाऔँ । मेरो र अरूले गरेका कामको मूल्यांकन जनताले नै गर्छन् ।” शारीरिक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने जनाउँदै अशक्तको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले बालबालिका सडकमा आउनुपर्ने अवस्था नरहेको र सडकमा आउनेलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य र सुनिश्चित भविष्यको प्रत्याभूति दिलाउने गरी सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले शारीरिक अपांगता भएकाहरुको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले सबै माग पूरा गर्न नसकिए पनि शिक्षा, रोेजगारी, तालीम, सामाजिक सुरक्षा भत्तालगायत विषयका कुरा क्रमशः पूरा गरिने आश्वासन दिनुभयो । नेत्र ज्योति सङ्घका अध्यक्ष रमेश पोखरेलले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व गराइनुपर्ने माग गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, बौद्धिक अपाङ्गताका अभिभावकको महासंघ नेपाल, नेपाल अपाङ्ग मानवअधिकार केन्द्र, नेत्रहीन युवा संघ नेपाल, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, बहिरा– दृष्टिविहीन अभिभावक समाज, नेपाल नेत्रहीन संघको आयोजनामा कार्यक्रम भएको हो । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू