Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

देश मुठभेडतर्फ जाने खतरा बढ्यो :अध्यक्ष थापा

आईतवार, ११ माघ २०७७, सगरमाथा पोष्ट.
चितवन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताउनुभएको छ । पत्रकारसँगको अन्तरक्रियामा आज उहाँले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्ष विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउछ ।” प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “अस्थिरता र अराजकता बढ्दै गएको अवस्थामा परिस्थिती राजनैतिक दल र नेताभन्दा बाहिर जान सक्ने खतरा देखिन्छ ।” प्रतिनिधिसभा विघटनको विषयमा संविधानमा केही अस्पष्टता रहेको भन्दै उहाँले यसलाई सर्वोच्चले व्याख्या गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा सर्वोच्चले उचित व्याख्या गर्नुपर्छ । राजनैतिक दल र अन्य संस्थाले अदालतलाई दबाब दिनुहुँदैन ।” देशको अवस्थालाई हेर्दै सर्वोच्चले चाँडोभन्दा चाँडो निर्णय दिनुपर्ने उहाँको तर्क छ । उहाँले १४ वर्षको राजनैतिक अभ्यासमा भएको असफलताका कारण वर्तमान संविधान, व्यवस्था र मार्ग चित्रबारे प्रश्न चिह्न खडा भएको बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू