काठमाडौँ, प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले नेपाली सैनिक वार कलेज, नगरकोटमा मिति २०७७ अश्विन ११ गतेबाट संचालन भइरहेको सि.सं.८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम(Higher Command and Management Training) को जङ्गी अड्डास्थित सगरमाथा हलमा एक कार्यक्रमका बीच समापन गर्नुभएको छ ।
समापनपूर्व उक्त तालिमका शिक्षार्थीहरुसँग भएको अन्तरक्रियामा प्रधान सेनापति थापाले संगठनको भिजन र मिशनका बारेमा साझा बुझाई निर्माण गर्न तथा नेपालको आफ्नै परिवेश र माटो सुहाँउदो सैनिक रणनीति र नेपाली सेनाको विशिष्ट आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्यलाई मध्यनजर गरेर यो तालिमको म्भकष्नल गरिएको हुनाले यसको विशेष महत्व भएको प्रष्ट पार्नु भएको थियो ।
शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति थापाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहनु पर्ने बारेमा जोड दिँदै हालसालै जारी भएको राष्ट्रिय सुरक्षा नीतिबाट र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाको लागी महत्वपूर्ण Strategic Guidance को रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नु भयो । नेपाली सेनालाई पद्धति र प्रणालिमा आधारित संस्थाको रुपमा विकसित गर्दै लैजानका लागी विगतका उपलब्धिहरुलाई संस्थागत गर्ने तथा वर्तमान र भावी चुनौतिहरुलाई सम्बोधन गर्नका लागि सबैजना इमान्दार र सिर्जनात्मक हुनु पर्ने बताउनु भयो ।
प्रधान सेनापति थापाले सोही अवसरमा नेपाली सेनाले अघी सारेको ३ं१ अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भका यसको महत्वको बारेमा समेत प्रस्ट पार्नु भयो । सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नु पर्ने आवश्यकता
औंल्याउनु भयो । त्यसै गरी नेपाली सेनामा रहेको Recruitment & Retention संगठनको एक महत्वपूर्ण चुनौति भएकोले नेपाली सेनाको उच्च छवि निर्माण गर्दै सबै सदस्यहरुले संगठन प्रति गर्व गर्ने परिस्थिति बनाउन आवश्यक रहेको भन्दै उच्च हौसला भएको सैनिकहरुले मात्र प्रभावकारी कार्य गर्न सक्ने यथार्थलाई मनन गर्दै जवानहरुको वेलफेयरमा समानान्तर रुपमा केन्द्रित रहन निर्देशित गर्नुभयो । त्यसै गरी वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौती बारे सुक्ष्म अनुगमन र मुल्याङ्कन गर्दै संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागी आवश्यक समन्वय र तयारी गर्न समेत निर्देशन दिनुभयो ।