Previous Version
Friday, May 14, 2021  |  शुक्रबार, ३१ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौँ ल्यायो सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई अपिल सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस् : गृहमन्त्री थापा उपचारको व्यवस्था मिलाउन आयोगको आग्रह मन्त्रिमण्डल विस्तार प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कञ्चनरुप नगरपालिका सिल स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैसस तयार प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान निषेधाज्ञाबीच घरघरै इद र अक्षय तृतीया मनाइँदै चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्म नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट प्रधानमन्त्रीको शपथ आज

निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन

शुक्रबार, ९ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उहाँले यस्तो निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबार भएको उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न प्रदेश प्रहरी प्रमुखसँग आग्रह गर्नुभयो । कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रदेशको शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापनलगायत कार्य प्रगतिबारे भर्चुअल माध्यामबाट जानकारी गराउनुभएको थियो । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरीको कार्ययोजना, २०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा गर्नुभएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू