Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह

शुक्रबार, ९ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा गङ्गामायासँग यसअघि सरकारले गरेका सम्झौताको पालना गर्न आयोगले सरकारसँग पुनःआग्रह गरेको छ । आयोगले आमरण अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न अनशनरत अधिकारीलाई आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत अधिकारीको स्वास्थ्यस्थितिका सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ । आयोगको वाग्मती प्रदेश कार्यालयले उहाँको जीवनरक्षा, स्वास्थ्योपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ । पछिल्लो पटक गत पुस ६ गतेदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरिरहेको भए तापनि उहाँको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको पाइएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू