Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री

बिहीवार, ८ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिकले मन्त्रालय तथा मातहतका विभाग तथा कार्यालयबाट छिटो छरितो सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्री नियुक्त भएपछि आज पहिलो पटक मन्त्रालयमा विभागीय प्रमुखलाई निर्देशन दिँदै उहाँले कर्मचारीका कारण सेवा ग्राहीको सेवा रोकिनु नहुँने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नागरिकको सेवा गर्नका लागि आएका हौँ, नियम कानूनसंगत भएका सेवा ग्राहीका काम कुनै हालतमा नरोक्नुस ।” मन्त्री आलेले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका क्षेत्रमा भइरहेका काम कारवाहीमा केही ठाउँमा गलत मनसायले काम भइरहेको भन्ने सूचना आएकाले त्यसतर्फ विषेश ध्यान दिनसमेत मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । “राष्ट्रपति चुरे संरक्षणका नाममा भइरहेका काममा केही ठाउँमा आफ्नो व्यक्तिगत फाइदाका लागि काम भइरहेको भन्ने खबर छ, सम्बन्धित पक्षले तत्काल बुझेर गलत भएको हो भने काम रोकाउनुस्”, उहाँले भन्नुभयो, “चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन ।” विभागीय कर्मचारीले डिभिजन वन कार्यालयका प्रमख (डिएफओ) प्रदेश सरकार मातहत भएका कारण केन्द्रबाट सिधै काम गराउन समस्या भएकाले उनीहरुलाई पनि सङ्घ मातहत ल्याउन आग्रह गर्नुभएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू