Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने

बिहीवार, ८ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौं,माघ ८ । देशभक्त प्रजातान्त्रिक गठबन्धनले २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै माघ ११ गते ११ बजे माइतीघर मण्डलामा बृहत जनप्रदर्शन गर्ने भएको छ । बिहीबार रिपोर्टस् क्लब नेपालमा यसबारे जानकारी गराइएको छ । गठबन्धनले आम जनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध भई जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो ।
देशभक्त प्रजातान्त्रिक गठबन्धनका प्रमुख संयोजक शोभाराम थापाले अहिले देश जटिल संकटमा परेको भन्दै बचाउनका लागि २०४७ सालको संविधान पुनःस्थापनाका विकल्प नभएको तर्क गरे । उनले संवैधानिक राजसंस्थासहितको संविधान पुनःस्थापनाका लागि सबै एकजुट भई आन्दोलनमा आउनुपर्ने बेला भएको बताए । थापाले भने, ‘२०४७ सालको संविधान पुनः स्थापना गर्नुपर्छ, त्यसले सबै जना एक ठाउँमा उभिन जरुरी छ ।’ थापाले दोस्रो चरणको आन्दोलनको फागुन महिना देखि गर्ने पनि जानकारी दिए ।
सनातन सस्कृती समाज नेपाल सह–अध्यक्ष तारानाथ लुईटेलले यो संविधान असफल भइसकेको बताए । उनले २०४७ सालको संविधान पुनः स्थापना गर्नु पर्नेमा जोड दिए । लुईटेलले भने, ‘गणतन्त्र आर्यघाटमा पुगी सकेको छ । जनताको अन्तिम सत्र भनेको २०४७ सालको संविधान हो ।’ उनले सनातन हिन्दु राष्ट्र भएन भने यो देश संकट घडीमा जाने विश्वास व्यक्त गरे । अब मोर्चाबन्दी बाट अगाडि बढेर सडक आन्दोलनमा जान सबैलाई आग्रह गरे ।
संयुक्त आन्दोलन परिचालन समितिका संयोजक विक्रम बहादुर बंमले मुलुक विषम परिस्थितिमा रहेको तर अहिले सिंहका गिद्द झै पदको लागि दौडिरहेका आरोप लगाए । उनले अहिलेको सरकारले जनताको भावना बुझ्न  नसकेको उल्लेख गरे । उनले भने, ‘वर्तमान सरकार फेल भैसकेको छ ।’ मुलुकको अन्तिम विकल्प भनेको राजसंस्था हो भन्दै उनले २०४७ सालको संविधानलाई पुनः स्थापना गर्नमा जोड दिए ।
नेवार एकता समाज समिती अध्यक्षका राजु व्यन्जनकारले ९ दलिय गठबन्धन गर्नुको उद्देश्य २०४७ सालको संविधान पुन स्थापना गर्न भएको बताए । उनले राजसंस्था पुनः स्थापना गर्नका लागि काठमाडौ भक्तपुर ललितपुरका नेवारवासीहरु एक भएर आन्दोलनमा आउने जानकारी दिए ।
राप्रपा नेपालका प्रबक्ता तेजराज भुजेलले युवाहरुको एक मात्र पार्टी राप्रपा नेपाल भएको बताए । २०४७ सालको संविधानमा कुठाराघात गरेको भन्दै गणतन्त्रको माग जनताले नराखेको जिकिर गरे ।
हाम्रो नेपाल पार्टीका संयोजक भैरवबहादुर कार्कीले अब देश जोगाउन २०४७ सालको संविधान पुनःस्थापना गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले अहिलेको संविधान असफल सावित भइसकेको बताए ।
गठबन्धनकी नेता शोभा तिमिल्सिना खड्काले अहिलेको सरकार निरंकुश भएको बताइन् । उनले भनिन्, ‘राष्ट्रियता बचाउ र राष्ट्रबादी हो भने एक ठाउामा उभिन जरुरी छ ।’ उनले राजसंस्था निरंकुश हो कि अहिलेको सरकार निरंकुश हो सबै जनताले थाहा पाईसकेको बताउँदै २०४७ सालको संविधान पुनःस्थापनाले देशले निकास पाउने बताइन् ।
सात गठबन्धनमा आबद्ध भएका दलहरु जनता पार्टी नेपाल, राष्ट्रिय शिवसेना नेपाल, हाम्रो नेपाल पार्टी, सनातनी समाज, राष्ट्रवादी पार्टी, जय देशभक्त पार्टी, रा.प्र.पा नेपाल, ऊँ सेना पार्टी रहेका छन् ।
देशभक्त प्रजातान्त्रिक गठबन्धनका संयोजक घनश्याम भण्डारी, समाजसेवी तथा राष्ट्रवादी आन्दोलनका अभियन्ता रामकृष्ण अधिकारी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।



 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू