Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

बिहीवार, ८ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो । “देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।” अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा ः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू