Previous Version
Saturday, Mar 06, 2021  |  शनिबार, २२ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै आज मिति २०७७ साल फागुन १९ गते बुधबार, मार्च ३, तपाँईको आजको दिन कस्तो हुनेछ ? पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट एक सय फर्मलाई ३० लाख जरिवाना चन्द समूहसँग वार्ता गर्न टोली गठन राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

अझै पाएनन् उखु किसानले बाँकी रकम

बिहीवार, ८ माघ २०७७, सगरमाथा पोष्ट.
सर्लाही,  सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौँमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए । सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको थियो । तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन् । जिल्लामा सञ्चालित तीन चिनी मिलमध्ये दुईले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । तर धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी करिब रु १७ करोडमध्ये ११ करोड ४७ लाख रकम किसानको खातामा हालिसकेको बताइएको छ । उद्योगीको खातामा करिब रु दुई करोड रहेको भए पनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैंकमार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । किसानलाई भुक्तानी गरिएको र बैंकमा जम्मा रहेको रकम दुवैलाई हेर्दा किसानले अझै पनि पूरा रकम पाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उद्योगीले उखु खरिद गरेवापत किसानलाई अझै पनि करिब रु तीन करोड ५३ लाख तिर्न बाँकी रहेको देखिएको छ । यसरी सरकारले किसानलाई प्रत्येकपटक आन्दोलन गर्दा उद्योगीबाट रकम उपलब्ध गराउने आश्वासन दिने गरेको भए पनि सम्झौताअनुसार आफूहरुले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । सरकार र उखु उत्पादक किसानबीच पटक–पटक सम्झौता हुने तर उक्त सम्झौता कार्यान्वयन नहुँदा किसानमा निराशा छाउनुका साथै सरकारप्रतिको विश्वसनीयता कम हँुदै गएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष मैनालीले बताउनुभयो । उखु बिक्रीवापतको भुक्तानी दिलाइदिन माग गर्दै प्रत्येक वर्ष किसान काठमाडौँको माइतीघरमा गएर गर्मी जाडो केही नभनी आन्दोलन गर्ने गरेका छन् । किसानलाई भुक्तानीका लागि प्रत्येक वर्ष सास्ती खेपाउनुभन्दा सरकार आफैँ जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने अध्यक्ष मैनालीको भनाइ छ । त्यसैगरी स्थानीय प्रहरी प्रशासनको प्रयासमा धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले करिब रु आठ करोड रकम किसानको खातामा हालिसकेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । हरिवन नगरपालिका–११ को इन्दुशङ्कर चिनी उद्योगले चालु सिजनमै खरिद गरेको उखुको भुक्तानी दुई चरणमा गरी करिब रु २० करोड भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । करिब सात लाख २० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले भुक्तानीलाई पनि निरन्तरता दिएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू