Previous Version
Sunday, Mar 07, 2021  |  आईतवार, २३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार गाँजासहित तीन पक्राउ वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल नागरिकता ऐन पारित गर्न माग साहित्य पुरस्कार डा लम्साललाई खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार भूमि आयोगको कार्यालय स्थापना आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान महिला, किशोरीलाई आत्मसुरक्षा तालीम जङ्गलमै अलपत्र स्लेट खानी ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय ‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति ५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

बिहीवार, ८ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले आज उहाँलाई पठाउनुभएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ । उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उहाँले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित हुनुभएकामा प्रशंसा गर्नुभएको छ । लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गर्नुभएको छ । पुरानो मैत्रीलाई सबल तुल्याइने छः प्रम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति वाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकासँगको पुरानो मैत्रीलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तरराष्ट्रिय महत्वका मामिलालाई अघि बढाउन बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको छ । सहयोग, आर्थिक साझेदारी तथा दुई देशबीच जनस्तरको सम्बन्धमा आधारित नेपाल–ंअमेरिका सम्बन्धले आगामी वर्षमा नयाँ उचाइ चुम्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपराष्ट्रपति ह्यारिसलाई बधाई सन्देश पठाउँदै नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ तुल्याउन तथा नेपालको सङ्घीय संसद् र अमेरिकी संसद्बीच सहयोग अभिवृद्धि गर्ने आफ्नो अभिलाषा प्रकट गर्नुभएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू