Previous Version
Sunday, Mar 07, 2021  |  आईतवार, २३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार गाँजासहित तीन पक्राउ वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल नागरिकता ऐन पारित गर्न माग साहित्य पुरस्कार डा लम्साललाई खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार भूमि आयोगको कार्यालय स्थापना आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान महिला, किशोरीलाई आत्मसुरक्षा तालीम जङ्गलमै अलपत्र स्लेट खानी ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय ‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति ५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक

बुद्धबार, ७ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ,  संयुक्त राष्ट्र संघको The United Nations Disengagement Observer Force (UNDOF)    अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरुले मध्यपुर्वी राष्ट्र सिरियाको अति संवेदनशिल माउण्ट हर्मनको २० फिटको हिउँ र माईनस २० डिग्री सेन्टिग्रेडको चिसो कठ्याङ्ग्रिदो सिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गर्दै आईरहेका छन । यस क्षेत्रको स्वामित्वको बिषयलाई लिएर विगत ४६ बर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएका छन । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठुलो संख्यामा बिद्युतिय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समुहहरुको चलखेल पनि बढी नै हुने गर्दछ ।

करिव ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौजहरु मुस्ताङ्ग जिल्लाको कैसाङ्ग स्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला ९ःयगलतबष्ल ध्बचाबचभ० सम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भुगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् । सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त ईलाकामा हिंउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु संचालन गरिन्छ ।

नेपाली शान्ति सैनिकहरुले विश्वका द्धन्द्धग्रस्त राष्ट्रहरुमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणाम स्वरुप सिरिया स्थित ग्ल्म्इँ मिशनको फोर्स कमाण्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति हुनु भई आफ्नो कार्यभार पुरा गरिसक्नु भएको छ भने हाल रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत हुनुहुन्छ ।    

नेपाली शान्ति सैनिकको सबैभन्दा ठुलो उपस्थिती रहेको उक्त मिशनमा नेपाली सेनाको डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्धन्द्धको कारण बिद्रोहीहरुबाट क्षति पुर्‍याईएका शान्ति सैनिकहरुको व्यारेक संरचनाहरु पुनस्निर्माण र व्यारेक स्थानहरुको सुरक्षा मजवुत बनाउन नेपाली सेनाको ईन्जिनियर टिम पनि कार्यरत छ । नेपाली सेनाको कार्यक्षमता, पेशागत दक्षता र विश्वसनियताको कारण मिशनमा नेपाली शान्ति सैनिकहरुको संयुक्त राष्ट्र संघ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुंदै आईरहेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू