नुवाकोट । माघ ४ । नेपाली काँग्रेस केन्द्रीय कार्यालय समितिको निर्देशन अनुसार संसद बिघटन, कम्युनिस्ट सर्बसत्ताबाद र भ्रस्टचार बिरुद्द नुवाकोटको शिवपुरी गाँउपालीकामा पनि काँग्रेसले बिरोध कार्यक्रम गरेको छ ।
शिवपुरी गाँउपालीकाको कार्यालय नजिकै शेराबगरमा शिवपुरी काँग्रेसले आयोजना गरेको बिरोध कार्यक्रममा काँग्रेसका नेताहरुले ओली सरकारको सर्वसत्ताबादको बिरुद्ध लडदै निर्वाचनको तयारीमा जुटनुपर्ने बताए ।

बिरोध कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापाले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका निम्ती सडकमा निस्कनुको बिकल्प नभएको बताउनुभयो ।उहाँले नेपाली जनताको रगत र पसिनाबाट प्राप्त उपलव्धीको रक्षाको निम्ती काँग्रेस लागि परेको बताउनुभयो ।
नेपाली काँग्रेस नुवाकोटका कोषाध्यक्ष महेन्द्र थिंङले लोकतन्त्र मास्न खोज्ने ओलीको कदमलाई काँग्रेसले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताँउदै बिरोधसंगै निर्वाचनको तयारीमा काँग्रेस लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका महासमिति सदस्य एवं शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले कम्युनिष्ट सर्वसत्ताबादले देश बर्बादीतिर धकेलीएको बताँउदै काँग्रेसले मात्र देशलाई समृद्धिमा लैजान सक्ने दावी गर्नुभयो ।
अध्यक्ष थापाले शिवपुरीमा सिंहदरबार आएपछि आफुले नेतृत्व गरेको गाँउपालीकाले भौतिक निर्माण, खानेपानी, सडक, कृषि, पर्यटन क्षेत्रका निम्नी निकै महत्वपुर्ण कार्यक्रमहरु गर्न सफल भएको बताउनुभयो ।
नेपाली काँग्रेसको महासमिति सदस्य एवं शिवपुरी गाँउपालीकाकी अध्यक्ष मञ्जु केसीले लोकतन्त्रको रक्षाको निम्ती महिलाहरु पनि सडकमा आउनुपर्ने बताउनुभयो।
जिपी कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठकले काँग्रेसको अहिलेको आन्दोलन संविधान जोगाउने लडाँई रहेको बताँउदै संविधान जोगाउन गाँउगाँउबाट आवाज बुलन्द पानुपर्ने बताउनुभयो ।

पाठकले भन्नुभयो “आहिले कुन नेताले के गरे भन्दा पनि यो पुस्ताले ७० बर्ष देखि लडेर ल्याएको संविधान जोगाउन सक्छौं कि सक्दैनौं, संविधान रहन्छ कि रहंदैन भन्ने चिन्ताको बिषय हो त्यसको निम्ती गाँउगाँउबाट बिरोध हुनुपर्दछ”
नेता पाठकले काँग्रेस चुनाव आएमा भागेर नजाने र चुनाव लडन नडराउने बताउनुभयो ।
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष मुकुन्द पाण्डेले प्रधानमन्त्री ओलीको सरकारले भ्रष्टाचारीलाई फुलमाला लगाएर देशलाई बर्बादीमा लगेको बताउनुभयो ।
नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापति गोबिन्द थपलियाले ओलीको सर्वसत्ताबाद र कम्युनिष्टहरुको पदलोलुपताबाट देशलाई जोगाउन आन्दोलन र जनतामा जानुको बिकल्प नभएको बताउनुभयो ।

नेपाली काँग्रेस शिवपुरी ६ का इकाई सभापति एवं वडा अध्यक्ष लालबहादुर तामाङले बिगतका तानाशाहहरुले जस्तै ओलीले देशलाई सर्वसत्ताबाद लादन खोजेको बताँउदै ओलीको गलत कदमलाई जनताले परास्त पारीदिने बताउनुभयो ।

नेपाल शिक्षक संघ नुवाकोटका अध्यक्ष रामबहादुर थापाले कम्युनिष्ट सर्वसत्ताबादको बिरोधसंगै काँग्रेसले अब घर भित्रको कमीकम्जोरीलाई मिलाउन लागि पर्नुपर्ने बताउनुभयो ।

नेविसंघका पुर्व क्षेत्रीय उपाध्यक्ष बसन्त कोइरालाले कम्युनिष्टहरु सत्ता लिप्सा र पदलोलुपतामा लागेर देशलाई अस्थीरताको भुमरीमा लगेको बताँउदै देशलाई संकटलाई मुक्त गर्न काँग्रेस एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो यस अघिको चुनावमा कम्युनिष्टहरु मिलेर चुनाव लडिरहंदा काँग्रेस नेतृत्वको सरकारले आफु हार्छुभन्ने थाहा हुंदा हुंदै पनि चुनाव गराएर देशलाई बचाएको इतिहाँस हामी सामु छ, काँग्रेसको निम्ती देश ठुलो हो, संविधान र जनता ठुलो हो उनिहरुको रक्षाको निम्ती अब काँग्रेस लडछ”

नेपाल विद्यार्थी संघ नुवाकोटको पुर्व जिल्ला सदस्य अजय पाठकले ७० बर्ष सम्म लडेर ल्याएको लोकतन्त्र र संविधानलाई जोगाएर भावि पुस्तालाई हस्तान्तरण गर्न चुनौति खडा भएको बताउनुभयो ।
नेपाल महिला संघ शिवपुरीकी अध्यक्ष मेनका पाण्डेले कम्युनिष्ट सरकारको सर्वसत्ताबाद अन्त्यका निम्ती आन्दोलनमा जानुको बिकल्प नभएको बताउनुभयो ।
नेपाली काँग्रेस शिवपुरीका अध्यक्ष प्रेमबहादुर थापाको सभापतित्वमा सम्पन्न बिरोधसभामा नेपाली काँग्रेसका महासमिति सदस्य कबिराज गुरुङ, पुर्व क्षेत्रीय सभापति यमबहादुर थापा, क्षेत्रीय सदस्य बिजय केसी, नेपाली काँग्रस शिवपुरी ५ का सभापति अच्युत अधिकारी, ७ का माधव भेटुवाल, ८ का सभापति रामकृष्ण डंगोल, शिवपुरी गाँउपालीका ४ का अध्यक्ष झमक गुरुङ, नेपाल रेडक्रस शिवपुरीका संयोजक भिमसेन खडका, शिवपुरी गाँउपालीकाकी कार्यपालीका सदस्य तथा महिला नेतृ सृजना तामाङ,नेपाल शिक्षक संघ शिवपुरीका संयोजक माधब ठकुरी, नेपाल विद्यार्थी संघ शिवपुरीका संयोजक अभियान आचार्य, नेपाली काँग्रेस थानापतिका नेता केशव रिजाल लगायतले कम्युनिष्ट सर्वसत्ताबादको बिरुद्ध काँग्रेस एकजुट हुनुको बिकल्प नभएको बताउनुभयो । कार्यक्रम नेपाली काँग्रेस नुवाकोटका नेता एवं अधिवक्ता नवराज खतिवडाले सञ्चालन गर्नुभएको थियो ।

sd