Previous Version
Sunday, Mar 07, 2021  |  आईतवार, २३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार गाँजासहित तीन पक्राउ वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल नागरिकता ऐन पारित गर्न माग साहित्य पुरस्कार डा लम्साललाई खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार भूमि आयोगको कार्यालय स्थापना आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान महिला, किशोरीलाई आत्मसुरक्षा तालीम जङ्गलमै अलपत्र स्लेट खानी ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय ‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति ५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन

आईतवार, ४ माघ २०७७, सगरमाथा पोष्ट.
कर्णाली, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा हिजो सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिनुभयो । गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधिहरु कडाइका साथ रोक्न प्रजिअलाई निर्देशन दिनुभयो । “शान्तिसुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ”, सुर्खेतका प्रजिअ हीरालाल रेग्मीले भन्नुभयो । गोष्ठीमा सुर्खेतसँग सीमा जोडिएका छ जिल्लाका प्रजिअ सहभागी थिए । प्रजिअहरुले आ–आफ्नो जिल्लामा विप्लव समूहको प्रभावबारे रिपोर्टिङ गरेका थिए । सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश कार्यालय प्रमुखहरु सहभागी थिए । गृहसचिव न्यौपानेले आजै जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्यास गर्नुभयो । प्रशासन कार्यालयका अनुसार रु सात करोड ६१ लाख ५८ हजार लागतमा उक्त भवन निर्माण हुँदैछ । त्यस्तै गृहसचिव न्यौपानेले प्रशासन कार्यालय परिसरमै निर्माण भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको पनि उद्घाटन गर्नुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू