Previous Version
Sunday, Mar 07, 2021  |  आईतवार, २३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार गाँजासहित तीन पक्राउ वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल नागरिकता ऐन पारित गर्न माग साहित्य पुरस्कार डा लम्साललाई खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६ रोजगार भूमि आयोगको कार्यालय स्थापना आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान महिला, किशोरीलाई आत्मसुरक्षा तालीम जङ्गलमै अलपत्र स्लेट खानी ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय ‘मेक इन नेपाल स्वदेशी–अभियान’ अन्तरआत्मामा लागेको विषय : राष्ट्रपति ५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ नेपाल(पाकिस्तान फ्रेन्डसिप क्रिकेट सुरु

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि

शनिबार, ३ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ । सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक तौल समूहका विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले रु सात हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही रु चार हजार पुरस्कार पाउने छन् । उक्त प्रतियोगिताका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराउने नगरप्रमुख बस्नेतले बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई नगरप्रमुख बस्नेतले एक थान स्कुटर प्रदान गर्ने घोषणा गर्नुभएको छ । उत्कृष्ट पुरुष खेलाडीलाई भने आयोजकले एक थान मोटरसाइल प्रदान गर्नेछ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू