Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल

अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली

शनिबार, ३ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । उक्त प्रणालीको प्रभावले अझै केही देशका अधिकांश भूभागमा हुस्सु तथा तुवाँलो लाग्ने बताइएको छ । हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा सामान्य तथा आंशिक बदली रहेको छ । साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री र अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.४ डिग्री रहेको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू