Previous Version
Saturday, Feb 27, 2021  |  शनिबार, १५ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
दरबार हाई स्कूल निरीक्षण आज मिति २०७७ साल फागुन १५ गते शनिबार , फेवररी २७, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार एक दशक पछि घमेश दुलालकाे "बनमा खयर" लाेकदाेहाेरी ताम्राकार कम्प्लेक्समा मोवाइल व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ति नेपालले कार्बन सञ्चितिबापत रु पाँच अर्ब प्राप्त गर्ने बलात्कारीलाई १८ वर्ष कैद आमसञ्चारमाध्यमलाई जिम्मेवार हुन अध्यक्ष तिमिल्सिनाको आग्रह कांग्रेस नेता जोशीलाई मस्तिष्काघात तारकेश्वर–१० कोे नयाँ भवन बन्ने दकोरियाले देशव्यापी कोरोना खोप सञ्चालन : नेपाली खुशी ‘निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ’ मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

शनिबार, ३ माघ २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन मानव संसाधन नीति, २०७७ स्वीकृत गरेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुने कर्मचारीको व्यवस्थापनका लागि आवश्यकताअनुसार नीतिगत तथा कानूनी सुधार गरी आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले आयोगले उक्त नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा परिचालन गरिने कर्मचारीको क्षमता विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने लगायतका नीति निर्धारण गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पाँचवटा रणनीति अन्तर्गत ३३ वटा कार्यनीति तय गरिएको, नीतिको कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समितिको व्यवस्था गरिएको छ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन निर्वाचनका सबै सरोकारवाला विशेषतःमानव संसाधन विकासका क्षेत्रमा कार्यरत सबै तह र प्रकारका प्रतिष्ठान, तालीम केन्द्र र सङ्घसंस्थासँग सहकार्य गर्न यस नीतिले महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ । संविधानले राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनकोे सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई प्रदान गरेको छ । कर्मचारी छनौट र परिचालनलाई समावेशी, लैङ्गिकमैत्री, अनुमानयोग्य तथा पारदर्शी बनाउनको लागि निश्चित मापदण्ड र कार्यविधि बनाउनुपर्ने आवश्यकता र विगतका निर्वाचनबाट प्राप्त सिकाइ तथा उपलब्धि, आयोगको पञ्चवर्षीय रणनीतिक योजना अनुरूप निर्वाचन पूर्व उक्त नीति बनाएर कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ । निर्वाचनपछि पनि नियमितरूपमा कार्य गर्ने तथा निर्वाचन अवधिमा सघनरूपमा निर्वाचन गर्नका लागि परिचालित हुने जनशक्तिको विकास र परिचालनका लागि “सीपयुक्त, दक्ष र उत्प्रेरित जनशक्तिमार्फत निर्वाचन व्यवस्थापन” गर्नु यस नीतिको दूरदृष्टि छ ।“विश्वसनीय निर्वाचनका लागि व्यवसायिक तथा सक्षम जनशक्तिको व्यवस्थापन गर्ने” ध्येय रहेको उक्त नीतिको “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न गुणस्तरीय तथा व्यावसायिक मानव संसाधनको विकास गरी जनशक्ति परिचालन गर्नु” मुल लक्ष्य छ । विशिष्ट ज्ञान, सीप, क्षमता भएका उत्प्रेरित जनशक्ति विकास गर्न संस्थागत संरचनाको स्थापना र सञ्चालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने जनशक्तिको क्षमता विकासका लागि विभिन्न निकायसँग समन्वय र सहकार्य अभिवृद्वि गर्ने उद्देश्य छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू