Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

बुद्धबार, २९ पौष २०७७, सगरमाथा पोष्ट.
वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताउनुभएको छ । आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन गर्दै उहाँले सरकारी अस्पतालमा सघन उपचार कक्षको सञ्चालन भएको एक महिनाभित्रै सहकारीमार्फत सञ्चालित अस्पतालले पनि सुविधासम्पन्न सघन उपचार केन्द्र तथा ट्रमा सेन्टरसमेत सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले अबका दिनमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा जटिलभन्दा जटिल स्वास्थ्य समस्याको उपचार हुने वातावरण बन्दै गएको उल्लेख गर्दै जिल्लामा भएका सबै स्वास्थ्य संस्थाले समन्वय गरेर ज्ञान, अनुभवको आदानप्रदान तथा सहकार्य गरी गुणस्तरीय सेवा प्रवाह गर्न सके राम्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले जिल्लामा हाल विभिन्न अस्पतालमा गरी आइसियु, सिसियु, भेन्टिलेटरसहित ३५० श्ययाभन्दा बढी सञ्चालनमा रहेको बताउँदै यहाँ सञ्चालित अस्पतालले प्रदेशका अन्य जिल्ला तथा प्रदेश नं २ का विभिन्न क्षेत्रका नागरिकलाई समेत सेवा प्रवाह गरेको बताउनुभयो । हेटौँडामा केही वर्षअघि देखि सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको हो । सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा नयाँ भवनमा सात श्ययाको सघन उपचार कक्ष, तीन श्ययाको पिआइसियु र एउटा साधारण आइसियु कक्ष स्थापना गरेको छ । अस्पतालले हाडजोर्नीसम्बन्धी स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न ट्रमा सेन्टरसमेत स्थापना गरेर काम शुरु गरेको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू