Previous Version
Tuesday, Apr 13, 2021  |  मंगलवार, ३१ चैत्र २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्से नयाँ उचाइमा “सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ” हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस अझै मेलम्चीको पानी वितरण भएन शून्य समय : रोजगारीदेखि एमसिसीसम्मका विषय “कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू” म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन : नुवाकोटमा एक दर्जन कार्यक्रम बुटवलमा तीन सङ्क्रमितको मृत्यु कोरियामा नेपाली मजदूरको भिसा अवधि थप ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कालीकोटका ६० वटा वनमा आगलागी मनकामना केबुलकार नियमित सञ्चालन

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

बुद्धबार, २९ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ । जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेख्नुभएको सो पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय सङ्घर्षका विविध पक्ष समेटिएको छ । पुस्तकमा महिला नेतृत्व, कार्यभार र चुनौती, बढ्दो लैङ्गिक हिंसा, शहीदका सपना, महिला उत्पीडन मुक्त नेपालको अभियान, महिला उत्पीडनमा धार्मिक अस्त्रलगायत पक्षलाई विस्तृतमा विवेचना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय पेरिसडाँडामा मङ्गलबार पुस्तकको विवेचना गर्दै नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जनयुद्धमा महिलाको उत्साहजनक सहभागिताले महिला मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो । जनयुद्धकै बलमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले जनयुद्धको अपमान हुने गरी टिप्पणी दिने छुट कसैलाई नभएको बताउनुभयो । मालेमावादमा आस्था राख्नेका लागि पुस्तक विश्वविद्यालय हुनसक्ने जनाउँदै उहाँले कम्युनिष्ट पार्टीको घोषणापत्रको निरन्तरताको एउटा दस्तावेजका रूपमा पुस्तकलाई लिन सकिने बताउनुभयो । नयाँ पुस्ताका लागि जनयुद्ध र महिला आन्दोलनका बारेमा बुझ्न पुस्तक उपयोगी रहेको नेत्री भुसालको भनाइ छ । “पुस्तक र लेखक देशभरका महिलाका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । महिलाका समस्यामात्रै नभएर यस पुस्तकमा श्रमजीवी वर्ग र महिलाको मुक्तिका लागि वैज्ञानिक समाजवादका लागि समेत पहल गरेको छ”, उहाँले भन्नुभयो, “कर्णालीबाट शुरु भएको भए पनि देश र समग्र विश्वलाई नै महिला मुक्तिको आन्दोलनलाई अगाडि बढाउन यस पुस्तकमा समावेश अनुभवले बाटो देखाउँछन् । पुस्तकले उठाएको विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययनअध्यापन गराउनुपर्छ ।” पूर्वमन्त्री एवं नेकपा नेतृ सत्या पहाडीले महिला मुक्ति मात्र नभई मुलुकको समग्र रुपान्तरणका लागि पुस्तक कोशेढुङ्गा सावित हुने बताउनुभयो । लेखक लक्ष्मीकन्याको यो तेस्रो कृति हो । उहाँले लेख्नुभएको पुस्तक कर्णालीका महिला भाग १ र २ यसअघि नै प्रकाशित भइसकेका छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू