Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

बुद्धबार, २९ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता कुँवरका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्नेछ । एक सदस्यका अनुसार समितिले हाल मौजुदा जनशक्ति, साधन स्रोतको मूल्याङ्कन, व्यवस्थापन र परिचालनका काम गर्नुका साथै थप आवश्यकता पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने छ । यस्तै निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ । अपुग साधन स्रोतको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराउने छ । प्रहरीका निर्वाचनसम्बन्धीका हरेक गतिविधि यही समितिमार्फत हुने प्रहरीले जनाएको छ । यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । सोहीअनुसार नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू