Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

बुद्धबार, २९ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा हिजो आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । उक्त समारोहमा मन्त्री थापाले भन्नुभयो, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोत साधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमी हुन दिइनेछैन ।” शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजनाअनुरुप काम अघि बढाउन आग्रह गर्नुभयो । कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै उहाँले थप्नुभयो, “तपाईँहरुलाई कुनै चुनौती आए मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ, ढुक्कसँग शान्ति सुरक्षामा खटिनुहोस् ।” –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू