Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

‘सहकार्य गर्दै चुनौती पन्छ्याउ छु’

मंगलवार, २८ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, पुस २८  । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा सो कुरा बताएका हुन् ।
‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरु संग सहकार्य गर्दै पन्छ्याउने छु । समयस्याका बारेमा चाँडै नै छलफल गर्छु ।’– राखेपका अध्यक्ष समेत रहेका मन्त्री तामाङले भने ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नु पर्नेमा जोड दिए ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको धारणा व्यक्त गर्दै व्यवस्थापन, पदक, प्रदर्शन र पूर्वाधारका हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराए । सदस्य–सचिव सिलवालले नयाँ ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औल्याउदै चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा बृद्धिका लागि पहल गरिदिन मन्त्री तामाङ समक्ष आग्रह गरे । सदस्य–सचिव सिलवालले कोभिड– १९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताउदै विस्तारै नेपाली खेलकुदले गति लिन थालेको बताए ।
कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पनि गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू