Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

कांग्रेस गणतन्त्र र संविधानको रक्षा गर्न निर्वाचनमा भाग लिन्छ : कांग्रेस उपसभापति निधि

मंगलवार, २८ पौष २०७७, सगरमाथा पोष्ट.
धनुषा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो । जनकपुरधाम–४ स्थित पार्टी कार्यालयमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले भन्नुभयो, “सर्वोच्च अदालतले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।” पूर्वउपप्रधामन्त्रीसमेत रहनुभएका निधिले सर्वोच्चले संसद् विघटनलाई सदर गर्दै मध्यावधि चुनाव गर्ने निर्णय गरे कांगे्रस चुनावमा जान तयार रहेको बताउनुभयो । उहाँले निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षा गर्न पनि निर्वाचनमा भाग लिनुपर्छ, निर्वाचनको विरोध गर्नु भनेको अज्ञानता र अपरिपक्वता हुन्छ ।” नेता निधिले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताउनुभयो । कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले भूल गरे ः जसपा नेता महतो जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले ठूलो भूल गरेको बताउनुभएको छ । जसपाले आज जनकपुरधाममा आयोजना गरेको विरोधसभामा नेता महतोले भन्नुभयो, “प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार हो ।” वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनिएकामा किन समस्या आयो भनी नेता महतोले प्रश्न गर्दै भन्नुभयो, “अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको हो ।” उहाँले अमेरिकामा २०० वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान रहेको तर हाम्रो देशमा सात–सातवटा संविधान बनिसके पनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट अझ वञ्चित हुनु परेको बताउनुभयो । जसपाका नेता शरत्सिंह भण्डारीले संसद् विघटनपछि मुलुकमा राजनीतिक अस्थिरता आएको धारणा व्यक्त गर्नुभयो । विरोधसभामा जसपाका नेताहरु रेणुकुमारी यादव, वृषेशचन्द्र लाल, उमाकान्त झा, जितेन्द्र सोनललगायत नेताहरुले समेत आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू