Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि उपप्रमको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : विषयकेन्द्रित बहस गर्न आग्रह नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन आज मिति २०७७ साल माघ ७ गते बुधबार , जनवरी २० , तपाँईको आजको दिन कस्तो हुनेछ ? बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

"पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७" भव्य कार्यक्रमकासाथ सम्पन्न "

मंगलवार, २८ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ । गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हँुदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो । हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ सो पदयात्रा हिजो सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो । पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी ९नगरकोट० तथा जङ्गीअड्डाको छतबाट नेपाली सेनाका युनिटले एकैसाथ रिभ्याली बजाएका थिए । सोही अवसरमा भर्खरै स्थापना गरिएको पृथ्वीनारायण शाह अध्ययन केन्द्रको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज उद्घाटन गर्नुभयो । उद्घाटनपछि जङ्गीअड्डाको अडिटोरियममा इतिहासविद् प्राज्ञ जगमान गुरुङबाट पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पु¥याउनु भएको योगदान र भावी पिँढीले राष्ट्र र राष्ट्रियताका लागि सिक्नुपर्ने र गर्नुपर्ने कर्तव्यका विषयमा प्रवचन गर्नुभएको थियो । उक्त अवसरमा नेपाली सेनाले निकट भविष्यमा प्रकाशन गर्न लागेको ‘नेपाल एकीकरणको इतिहास ९विसं १८०१–१८७२०’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरु’ तथा ‘नेपाली आर्मी एम ए ग्लोरियअस पास्ट’ बारे जानकारी दिइएको थियो । सेनाको कल्याणकारी कोषबाट सञ्चालित हाजिरीजवाफ प्रतियोगिता र विजयी टोलीलाई बलाधिकृत रथी प्रभुराम शर्माले प्रमाणपत्र प्रदान गर्नुभयो । सेनाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा छनोट भएका कवितालाई पुरस्कारसमेत प्रदान गरियो । महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कवितालाई छनोट गरी पुरस्कृत गरियो । तत्कालीन समयमा सेना र सर्वसाधारणले राष्ट्र निर्माणमा पु¥याएको योगदान र बलिदानमा आधारित चलचित्र ‘नालापानी’को प्रदर्शनी पनि गरिएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू