Previous Version
Tuesday, Apr 13, 2021  |  मंगलवार, ३१ चैत्र २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्से नयाँ उचाइमा “सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ” हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस अझै मेलम्चीको पानी वितरण भएन शून्य समय : रोजगारीदेखि एमसिसीसम्मका विषय “कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू” म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन : नुवाकोटमा एक दर्जन कार्यक्रम बुटवलमा तीन सङ्क्रमितको मृत्यु कोरियामा नेपाली मजदूरको भिसा अवधि थप ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कालीकोटका ६० वटा वनमा आगलागी मनकामना केबुलकार नियमित सञ्चालन

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

सोमबार, २७ पौष २०७७, सगरमाथा पोष्ट.
वाग्मती, नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ । वाग्मती प्रदेश सरकार र गाउँपालिकाको रु दुई करोड लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । त्यस्तै उक्त गाउँपालिकाको रु ४० लाखको लागतमा चालु आर्थिक वर्षमा ऋषेश्वर गुफाका लागि काम शुरु गर्न लागिएको उहाँले बताउनुभयो । त्यहाँ पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा थप रु १० लाख गाउँपालिकाले विनियोजन गरेर काम गर्ने तयारी गरेको बताइएको छ । यस क्षेत्रमा मूर्तिहरू निमाण गर्नेलगायतका कामका साथै त्यहाँ बन्जीजम्प निर्माण गर्नका लागि पनि काम गर्ने तयारी गरिएको छ । गाउँपालिकाको सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको हो । अझै यसलाई थप व्यवस्थित बनाउने काममा लागिपरेको अध्यक्ष हुमागाईंको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिका लागेको उहाँले बताउनुभयो । साथै त्यहाँ रोजगारीसमेत बढने विश्वास लिइएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू