Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

प्रधान सेनापति ट्रफी : एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल

आईतवार, २६ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत सम्पन्न एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल सावित भएको छ । पुरुष लङ्गजम्पतर्फ मध्यपूर्वी पृतनाका सरोज श्रेष्ठ ६ दशमलव ४६ मिटर दूरीका साथ पहिलो हुनुभयो । सो स्पर्धामा पूर्वी पृतनाका विमल कुँवर ६ दशमलव १८ मिटरका साथ दोस्रो तथा सुदूरपश्चिम पृतनाका उत्तम शाही ६ दशमलव १३ मिटर दूरीका साथ तेस्रो हुनुभयो । महिला लङगजम्पतर्फ १६ नम्बर बाहिनी अड्डाकी विमला चौधरी ४ दशमलव ४४ मिटर दूरीका साथ पहिलो, पूर्वी पृतनाकी मनिषा चौधरी ४ दशमलव ३४ मिटर दूरीसहित दोस्रो तथा मध्य पृतनाकी कमला चन्द ४ दशमलव ३२ मिटर दूरीका साथ तेस्रो हुनुभयो । पुरुष ज्याभलिङ थ्रोतर्फ मध्य पूर्वी पृतनाका रामकाजी थापा ५४ दशमलव ०४ मिटर दूरीका साथ पहिलो, पूर्वी पृतनाका च्याम्फा लामा ५० दशमलव १७ मिटर दूरीसहित दोस्रो तथा मध्य पृतनाका केशव मगर ४८ दशमलव ८८ मिटर दूरीका साथ तेस्रो हुनुभयो । महिला ज्याभलिङ थ्रोतर्फ मध्य पृतनाकी संगिता न्यौपाने ३६ दशमलव ८३ मिटर दूरीसहित पहिलो, पूर्वी पृतनाकी सीता भारती ३३ दशमलव ९८ दूरीका साथ दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाकी अञ्जु डगौरा ३० दशमलव ५७ मिटरका साथ तेस्रो हुनुभयो । यस्तै पुरुष एक हजार ५०० मिटर दौडतर्फ उपत्यका पृतनाका केशव आचार्य पहिलो हुनुभयो । उहाँले सो दूरी चार मिनेट १६ दशमलव ७६ सेकेण्डमा पूरा गर्नुभयो । सोही स्पर्धामा मध्य पश्चिम पृतनाका सुभाष कार्की चार मिनेट १७ दशमलव १६ सकेण्डमा दूरी पार गर्दै दोस्रो तथा सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पाल चार मिनेट १७ दशमलव ४७ सेकेण्डमा पार गर्दै तृतीय हुनुभयो । यस्तै महिला एक हजार ५०० मिटर दौडतर्फ पूर्वी पृतनाकी रेखा लिम्बुले पाँच मिनेट ०८ दशमलव ८२ सेकेण्डमा दूरी पार गर्दै पहिलो, उपत्यका पृतनाकी गीता विकले पाँच मिनेट ०८ दशमलव ८९ सेकण्डमा पूरा गर्दै दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाकी राधिका श्रेष्ठ सो दूरी पाँच मिनेट ०९ दशमलव २९ सकेण्डमा पूरा गर्दै तेस्रो हुनुभयो । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सञ्चालन भएको हो । सो प्रतियोगिता आगामी माघ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता रहेको छ । सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू