Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

थप ५५४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शुक्रबार, २४ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, देशभर पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९ जनाको स्वास्थ्य परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार १५९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५८५ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५७ हजार २२९ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । अहिले देशभर पाँच हजार २१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ३३८ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म १९ लाख ७४ हजार ५६१ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ जसमा ९० महिला र ११७ पुरुष छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू