Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

साग स्वर्णधारी पार्वतीलाई स्वर्ण

शुक्रबार, २४ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौं, नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले  प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७।५० अंक जोडिन् ।
सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६।६६ अंकसाथ पहिलो भइन् । सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए० का आयुश ढुंगेल पहिलो भए । उनले ६।३६ अंक प्राप्त गरे ।
सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष १० वर्षमा एनटीएका प्रशान्त धमलाले स्वर्ण जिते । उनले ५।५३ अंक जोडे । पुरुष १२ वर्षमा एनटीएका भिजन तामाङ ५।८० अंक जोड्दै शीर्ष स्थानमा रहे । महिला ३१–४० वर्ष स्पर्धामा ६।३० अंक जोडेकी तृप्ति बुढाथोकी पहिलो भइन् ।
प्रतियोगिताको सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । २ सय खेलाडी सहभागी दुईदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू