काठमाण्डौं । छोटो समयमा शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल पुतलीसडक स्थीत राइटपाथ करियर काउन्सीलीङले स्थापनाकालको चौथो बार्षिकोत्सब मनाएको छ ।
राइटपाथको मुख्य कार्यालय पुतलीसडकमा विहिबार साँझ एक भव्य कार्यक्रमको आयोजना गरि चौथो बार्षिकोत्सब मनाइयो ।
बार्षिकोत्सबको अबसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले प्रतिकुल परिस्थीतिमा पनि फरक तरीकाले उभिएर शैक्षिक परामर्श क्षेत्रलाई निरन्तर रुपमा अगाडी बढाउने सबालमा राइटपाथ सफल भएको बताए ।

उनले भने “ गाह्रो र अप्ठेरो समयमा पनि काम राम्रो गर्दा गदै राइटपाथ प्रति नकारात्मक दृष्टीले हेर्ने अवस्था आएपनि ति सबैलाई चिदै शैक्षिक परामर्श क्षेत्रमा अत्यन्त राम्रो हिसाबले सम्हालीएर, व्यवस्थीत, शैक्षिक परामर्श दिलाउन राइटपाथ र अध्यक्ष फिलीप डिसी सफल हुनुभएको छ मेरो तर्फबाट बधाई र सुभकामना”
अध्यक्ष पाण्डेले बिदेश अध्ययन गर्न जान आँतुर विद्यार्थीहरुलाई एक छिन धैय गरेर, अझ राम्रोसंग बुझेर, तयारी गरेर जानको लागि अनुरोध गरे ।
कोरोनाको कारण हिजो जस्तो परिस्थीति नरहेको बताँउदै अध्यक्ष पाण्डेले प्रतिकुल परिस्थीतिमा पनि राइटपाथ सजग भएर काम गरीरहेकोमा खुसी व्यक्त गरे । उनले भने “हिजो जस्तो परिस्थीति आज छैन, कोरोनाको कारणले बिदेश जाने सबालमा अझ धेरै सजग हुनुपर्ने अवस्था छ, त्यसका सबालमा राइटपाथ सजग भएर काम गरिरहेको मैले पाएको छु ”
कार्यक्रममा राइटपाथ करियर काउन्सीलीङका सिइओ फिलिप डिसीले राइटपाथ शैक्षिक परामर्श क्षेत्रको प्रतिष्ठीत छातासंस्था इक्यान भित्र रहेका कारण आजको यो अवस्था सम्म आउन सफल भएको बताँउदै इक्यानले तोकीदिएको दायरा भित्र रहेर आफुहरु अगाडी बढीरहेको बताए ।
सिइओ डिसीले राइटपथले सन २०२१ मा अस्ट्रलिया,क्यानडा र बेलायत गरि तिन देशमा बिद्यार्थीलाई अध्ययनको लागि पठाइने बताँउदै दुई हप्ता पछि बुटवलमा चौथो साखा बिस्तार गर्न लागेको घोषणा गरे ।

कोरोना महामारीको कारण शैक्षिक परामर्श क्षेत्रमा निकै समस्या परेको बताँउदै डिसीले कभर्डहलहरुमा कमिडि नगरीकन दुई तिन मिनेट देश र जनता साथै शैक्षिक परामर्शको क्षेत्रमा आँखा उघारीदिन राजनीतिक दल र सरकारलाई आग्रह गरे ।
राइटपाथ स्थानपनाको क्रममा “राइट काउन्सीलीङ फर क्वालीटी एजुकेशन”को मोटुलाई चारबर्षको अवधीमा सार्थक बनाउन सफल भएको बताँउदै डिसीले भने“ चारबर्षमा धेरै काम पुरा गर्न सक्यौ भन्ने लाग्छ, केहि कमि कम्जोरी पनि हुनसक्छ, कमि कम्जोरी व्यक्तिबाटै हुने हो कम्जोरीलाई आगामी दिनमा सच्याएर अगाडी बढने छौ”
कोरोनाको बेलामा पनि एक महिना मात्र अफिस बन्द गरेर बाँकी समय शैक्षिक परामर्शमानै लागेको बताँउदै डिसीले भने “राइटपाथ यो स्टेजमा छ भने मेरो प्रिय स्टाफहरुले गर्दा हो जस्तो लाग्छ, विद्यार्थी भाइवहिनीहरुको अपार मायाँ र विश्वास तथा हाम्रा सुभेच्छुकहरुको कारण आज हामी यो ठाँउमा छौं, म सबै प्रति कृतज्ञ छु ” ।
कार्यक्रममा राइटपाथको ब्राण्ड एम्बेसडर तथा चर्चीत अभिनेत्री पुजा शर्मा, इक्यानका प्रथम उपाध्यक्ष देवी प्रसाद भट्टराई द्धितिय उपाध्यक्ष कृष्ण केसी, इक्यानका महासचिब दिपकराज भुसाल, बिभिन्न बिश्वविद्यालयका नेपाल प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा राइटपथको ४ औ बार्षिकोत्सबको अवसरमा आयोजीत हाजिरीजबाफ प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई नगद पुरस्कार समेत दिइएको थियो ।
aa