Previous Version
Tuesday, Mar 02, 2021  |  मंगलवार, १८ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा उद्धार हुन सकेन घाइते पत्रकारको विसं २०७८ मा तीन दशैँ पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन

बिहीवार, २३ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच उहाँहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । दज्र्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य हुनुहुन्छ । उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकलाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले प्रचलित कानून र सङ्गठनको नीति निर्देशानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच कार्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । उहाँले मुलुकको वर्तमान परिस्थितिलाई मनन र विष्लेषण गरी सोहीअनुरुपको कार्ययोजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । हालको सुरक्षा चुनौती व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नु पनि आग्रह गर्नुभयो । उहाँले सङ्गठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहितालगायतका नीति निर्देशनलाई अक्षरशः पालना गरी लागू गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षक र ६९ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू