Previous Version
Friday, Mar 05, 2021  |  शुक्रबार, २१ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा

धादिङमा एकीकरण यात्रा

बिहीवार, २३ पौष २०७७, सगरमाथा पोष्ट.
धादिङ, नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो । बुधबार बोर्लाङबाट हिँडेको सेनाको टोली बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । एकीकरण पदयात्रा नाम दिएको सो पदयात्रामा देवीदत्त गणका प्रमख सेनानी दिनेश कार्कीले नेतृत्व गर्नुभएको थियो । चरङ्गेस्थित शान्ति कालिका आधारभूत विद्यालयमा आएपछि गाउँवासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेको थियो । पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा पार गरी नुवाकोटमा रहेको श्री जबरजङ्ग गणलाई हस्तान्तण गर्नेछ । टर्च र झण्डासहित काठमाडौँको पल्टन पुस २७ गते पृथ्वीजयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म उक्त पदमार्गको दूरी २६ कोस रहेको छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोरदोहोर गरेको इतिहास छ । पदमार्ग, कोट, गण र किल्ला सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो पदयात्रा शुरु गरेको नेपाली सेनाले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू