Previous Version
Friday, Feb 26, 2021  |  शुक्रबार, १४ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर–१० कोे नयाँ भवन बन्ने दकोरियाले देशव्यापी कोरोना खोप सञ्चालन : नेपाली खुशी ‘निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ’ मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि सर्वाेच्च अदालतले धर्म निर्वाह गरेको छ : पूर्वराष्ट्रपति डा. यादव कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न आज मिति २०७७ साल फागुन १४गते शुक्रबार , फेवररी २६, तपाँईको आजको दिन कस्तो हुनेछ ? नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो थप ४८ जना सङ्क्रमणमुक्त वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा केपी ओली वर्तमान युगको कालिदास सावित, उहाँको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित मानिसहरु पक्राउ खोपले काम गरेन, भटाभट मरे कुखुरा नारायणगढ–बुटवल सडक : निर्माण भए २२ साना पुल

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ शुरु

बिहीवार, २३ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभयो । उद्घाटनको दिन  पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् । पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो हुनुभयो । उहाँले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गर्नुभयो । सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो हुनुभयो । विश्वकर्माले सो दौड १० दशमलव ८२ सेकेण्ड तथा विष्टले १० दशमलव ८२ सेकेण्डमा पूरा गर्नुभयो । यस्तै महिला १०० मिटर दौडतर्फ १६ नम्बर बाहिनी अड्डाकी गनर करुणा लामिछाने पहिलो हुनुभयो । उहाँले सो दौड १३ दशमलव ४३ सेकेन्डमा पूरा गर्नुभयो । सो स्पर्धामा पूर्वी पृतनाकी सिपाही मनिषा विक दोस्रो तथा मध्य पृतनाकी सिपाही विपना थारु तेस्रो हुनुभयो । विकले उक्त दौड १३ दशमलव ५९ सेकेण्ड तथा थारुले १३ दशमलव ६७ सेकेण्डमा पूरा गर्नुभयो । यसैगरी पुरुष आठ सय मिटर दौडमा उपत्यका पृतनाका सिपाही सुदीप शाह पहिलो हुनुभयो । उहाँले सो दौड दुई मिनेट शून्य दशमलव ३३ सेकेण्डमा पूरा गर्नुभयो । उक्त स्पर्धामा सुदूरपश्चिम पृतनाका सिपाही सुनिल सुनार दोस्रो तथा मध्य पृतनाका सिपाही बुद्धराम तामाङ तेस्रो हुनुभयो । सुनारले सो दौड दुई मिनेट शून्य दशमलव ६२ सेकेण्ड तथा तामाङले दुई मिनेट एक दशमलव १४ सेकेण्डमा पूरा गर्नुभयो । यस्तै महिला आठ सय मिटर दौडमा १६ नम्बर बाहिनी अड्डाकी गनर राधिका श्रेष्ठ पहिलो हुनुभयो । उहाँले सो दौड दुई मिनेट २८ दशमलव १९ सकेण्डमा पूरा गर्नुभयो । उक्त स्पर्धामा मध्य पश्चिम पृतनाकी सिपाही निर्मला केसी दोस्रो तथा उपत्यका पृतनाकी सिपाही गीता विक तेस्रो हुनुभयो । उक्त दौड केसीले दुई मिनेट २८ दशमलव ७९ सेकेण्डमा तथा विकले दुई मिनेट २८ दशमलव ९८ सेकेण्डमा पूरा गर्नुभयो । सो अवसरमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको आर्चरीतर्फ रोशन नगरकोटी उत्कृष्ट घोषित हुनुभयो । उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्नुहुँदै नेपाली सेनाका उपरथी निरञ्जनकुमार श्रेष्ठले कोरोना महामारीका कारण गत भदौमा सञ्चालन हुनुपर्ने प्रतियोगिता ढिला भएको जानकारी दिनुभयो । आगामी माघ २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ८ पृतना, ५ मद्दती बाहिनी, एक विशेष फौज बाहिनी तथा यान्त्रिक निर्देशनालय गरी कूल १५ टोलीको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, सुटिङ, बास्केटबल र फुटबल खेलमा महिला र पुरुष खेलाडीले आ आफ्ना खेलमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल सेनाको छाउनी, भद्रकाली र लगनखेल मैदानमा सञ्चालन हुनेछन् । सेनाले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ । सेनाका खेलाडीले राष्ट्रिय र अन्तरराष्टिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको जानकारी दिँदै उपरथी श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लबले हालै एशियाली फुटबल महासङ्घ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो । उक्त लाइसेन्स प्राप्त गर्ने त्रिभुवन आर्मी नेपालको एउटा मात्र क्लब हो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू