Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग ऐतिहासिक साङ्ला पोखरी निर्माण माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

५२२ सङ्क्रमित थप

मंगलवार, २१ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपालमा थप ५२२ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार ५५१ जनाको पिसिआर परीक्षण भएकोमा ३३८ पुरुष र १८४ महिला गरी ५२२ मा कोरोना पुष्टि भएको हो । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १३९ पुरुष र ९३ महिला गरी २३२ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६२ हजार ७८४ पुगेको छ । अहिले देशभार पाँच हजार २२५ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ५७८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ५५ हजार ६६६ पुगेको छ । निको भएको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोरोन सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८९३ पुगेको छ । अहिले २०३ आइसियु र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू