Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम १६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला आइपुग्यो कोरोना विरुद्धका खोप अझै पाएनन् उखु किसानले बाँकी रकम नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास रु ६०० ले उकालो लाग्यो पहेंलो धातु प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन तीन विधेयक पारित

पोदरेज स्टिलद्वारा टिचिङ अस्पताललाई ‘वेड’ हस्तान्तरण

आईतवार, १९ पौष २०७७, सगरमाथा पोष्ट.
कठमाडौं । स्टिलका सामग्री उत्पादन गर्ने नेपालको एकमात्र अग्रणी उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युपमेन्टअन्तरगत उद्योग आफैंले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका विच शुक्रबार हस्तान्तरण गरिएको हो । 
समयको माग अनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्युपमेन्ट निर्माण सुरु गरेको जानकारी दिंदै पोदरेजका प्रबन्ध निर्देशक प्रमोद गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अस्पताललाई वेड हस्तान्तरण गरिएको बताए । उनले भने– ‘हामिले विशुद्ध नेपाली उद्योगको रुपमा स्थापना गरी आफ्नै फ्याक्ट्रीबाट हेल्थ इक्युपमेन्ट उत्पादन गर्न सफल भएका छौं र अस्पताललाई स्वदेशमै निर्मित वेड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ ।’ 

त्यस्तै अस्पतालका कार्यकारी निर्देशक डा. काफ्लेले पोदरेजले अस्पतालको लागि वेड उपलब्ध गराएको खुसी व्यक्त गर्दै उद्योगको सफलताको कामना गरे । डा. काफ्लेले आगामी दिनमा अस्पतालको आवश्यकता अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै पोदरेजसँग वेडलगायतका सामग्रीहरु खरिदमा सहकार्य गरिने बताए । उनले भने– ‘हाम्रो प्राथमिकता पनि स्वदेशमै उत्पादन गरिएका सामग्री प्रयोग गरौं भन्ने हो, यदी पोदरेजले हामीले भनेजस्तो सामग्री उत्पादन र वितरण गर्न सक्ने हो भने सहकार्य गर्न सकिनेछ ।’ 
No description available. 

पारिवारिक उद्योगको रुपमा सन् १९७२ मा स्थापना भएको पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले ४८ बर्षको अवधिमा थुप्रै सामाजिक योगदान गरिसकेको छ  । यस अवधिमा उद्योगले नेपाल शाही संगठन नामक संस्थामार्फत देशका विभिन्न ठाउँमा विद्यालय बनाउन, दुरदराजका बस्तिमा खानेपानीको व्यवस्थापन गर्न सहयोग पुर्याउँदै आएको छ । नेपालमा स्टिलका सामग्री उत्पादन गर्ने पोदरेज सबैभन्दा ठूलो स्वदेशी उद्योग हो । पहिला घरायसी प्रयोजनको लागि दराज लगायतका सामग्री उत्पादन हुँदै आएकोमा हाल अफिसियल, हेभी सेक्युरिटी इक्युपमेन्ट(जसमाः बैंक लकर, फायर प्रुभ सेभ, फायर प्रुफ फायलिङ क्याविनेट लगायत) र सिटिङ सिस्टमका सामग्रीहरु उत्पादन तथा विक्रि वितरण गर्दै आएको प्रबन्ध निर्देशक गौतमले जानकारी दिए । उनले पोदरेजका सामान देशैभर सहजै उपलब्ध रहेको बताए । 
उपत्यकामा ८ वटा विक्रि केन्द्र रहेको पोदरेजले विराटनगर र पोखरामा पनि आफ्नै विक्रि केन्द्र संचालन गरिरहेको छ भने छिट्टै नै चितवन नारायणगढमा पनि विक्रि केन्द्र संचालनमा आउने गौतमले जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू