Previous Version
Wednesday, Jan 20, 2021  |  बुद्धबार, ७ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि उपप्रमको निर्देशन प्रतिनिधिसभा विघटन मुद्दा : विषयकेन्द्रित बहस गर्न आग्रह नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन आज मिति २०७७ साल माघ ७ गते बुधबार , जनवरी २० , तपाँईको आजको दिन कस्तो हुनेछ ? बोलेरो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते पहिचान नखुलेका शवको अभिलेख राख्न आग्रह निगमले पहिलोपटक मकाउमा उडान गर्दै प्रतिनिधिसभा विघटन मुद्दाः प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क देशको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल घुरले ज्यान लिँदै प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

बेलायतबाट फर्किएका १९३ निगरानीमा

सोमबार, १३ पौष २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताउनुभयो । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो”, उहाँले भन्नुभयो, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”उहाँले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताउनुभयो । उहाँले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पिसिआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिनुभयो । महाशाखाका निर्देशक डा पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू