Previous Version
Friday, Mar 05, 2021  |  शुक्रबार, २१ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली धवलागिरिमा किशोरी सम्मेलन सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

शुक्रबार, १० पौष २०७७, सगरमाथा पोष्ट.
सिमकोट, हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ । नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताउनुभयो । उक्त ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु भएको उहाँको भनाइ थियो । नारा लेकका हिमालहरुले हिल्सा बजार एउटा कोप्चो जस्तै परेकाले समयमै घामसमेत नलाग्ने गरेको हो । त्यसैले उक्त क्षेत्रमा नियमित घाम नलाग्ने र बिहानैबाट हावा चल्ने गर्दछ । अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । उहाँले भन्नुभयो, “तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ, अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन ।”

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू