आँफु बसेको ठाउँमा कुनै धरातल छैन, सबै फाटेको छ,आधिकारिक संगठनको बिरुद्दमा मोर्चाबन्दी गर्दै हिँडेको छ, सिधा सोझा साथीहरु लाई बलिको बोको बनाएको छ, संधै अराजक रुपमा मात्रै प्रस्तुत भएको छ, युरोपमा १६ वटा बैधानिक जनसम्पर्क समितीहरु छन तिनीहरुको अस्थित्व नस्विकार्ने अनी अबैधानिक र स्वघोषित तपाईहरु लाई हामी किन र कुन आधारमा मान्नु पर्ने? अब त अती भयो की भनेर मात्रै २ शब्द लेखेको हुँ, जथाभावी नेपालका आदारणिय नेताहरुका नाम राखेर अपमान गरिएको छ,सरकार नै चलाउने गरी नौटंकी समितीहरु बनाएर कसै लाई नसोधी मान्छेका नामहरु हालेको छ, राख्ने पनी उस्तै र कोही कोही त बस्ने पनी उस्तै, के लाई भन्दा के लाई लाज भने जस्तो,हामी बहिस्कार गर्छौ कथाकथित युरो जनसम्पर्क समिती नामको अधिवेसन ।
बर्तमान परिवेसले मुलुक अस्थिरता तर्फ धकेलिँदै छ, नेपाली काग्रेसको काँधमा ठुलो ज़िम्मेवारी आएको छ। नेपाली काग्रेसले आफ्नो पार्टीको बिधान भन्दा माथी उठेर केही गर्न सक्दैन र मिल्दैन।सिमित ब्यक्तीहरुको चाहना पुरा गर्नको निम्ती पार्टीले अबैधानिक बाटो लिन सक्दैन र मिल्दैन।बिगत १५ बर्ष अगाडी कोठामा खोलेको र अहिले सम्म कोमामा रहेको कथाकथित युरो जनसम्पर्क समितीको नाम बाट अधिवेसनको हवाला दिँदै यो अबैधानिक समितीमा उपस्थित नै हुन नसक्ने र नहुने आदारणिय नेताहरुको नाम बाट पोष्टर टाँसेर उहाँहरुको जुन अपमान गर्ने काम भएको छ हामी त्यस खालका गलत प्रबृद्दीको बिरोध गर्दछौ।नेपाली कांग्रेसले बिदेश स्थित भातृसंगठनको रुपमा नेपाली जनसम्पर्क समिती लाई बाहेक अरु चिन्दैन । अरु सबै अबैधानिक हुन।१५ बर्ष सम्म सोझा दिल गुरुंगको नाम बेचेर १ जनाले ( महामन्त्री पद टाँसेर) दिनको ५ वटा पोष्ट लेख्दैमा त्यो न त नेता बन्न सक्छ न त आधिकारिक हुन सक्छ। यस्तो विवादित स्थान मा पार्टी का ठुला नेता बुझकार नेता आदरणीय सभापति Sher Bahadur Deuba ज्यु , महामन्त्री आदरणीय Dr Shashank Koirala ज्यु , अर्का महामन्त्री आदरणीय नेता Purna Bahadur Khadka ज्यु , सह महामन्त्री Prakash Sharan Mahat ज्यु , आदारणिय नेता शेखर कोईराला ज्यु, प्रबक्ता बिश्व प्रकाश शर्मा ज्यु II लगायत अन्य केन्द्रिय नेता को नाम पोस्टरमा राखीएकोमा उहाँहरुको अपमान भएको हाम्रो ठहर हो र ढुक्क हुनुस साथीहरु उहाँहरु कोही पनी आउनु हुने छैन।उप-सभापति Bimalendra Nidhi (विमलेन्द्र निधि) ज्यु तपाईको उपस्थिति हुने नहुने हामी लाई थाहा छैन । तर उपस्थित हुन ठिक बेठिक आँफै मुल्याकन गर्नु होला ।जय नेपाल।