Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

आईतवार, ५ पौष २०७७, सगरमाथा पोष्ट.
म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिनुभयो । “कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उहाँले भन्नुभयो, “कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।” नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ । कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् । कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् । मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रु १० लाखका दरले बजेट पठाएको थियो । आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । मन्त्रालयले रु चार लाख ५० हजार तलब, रु ५० हजार औषधि र रु पाँच लाखको शय्यासहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो । यसैबीच अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोवामा अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गरेको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गामा अस्पताल बनाउन जिल्लास्तरीय जग्गा मूल्याङ्कन समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको हो । दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी २ आना र टीकाबहादुर पुर्जाले साढे २ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । यसैगरी औलामा प्राथमिक स्वास्थ्य केन्द्र सरहको भवन निर्माणका लागि हाल हिस्तान स्वास्थ्य चौकीको भवन परिसरमा स्थानीयवासीले उपलब्ध गराएको जग्गा छनोट गरिएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष कुमबहादुर पुर्जाले पाँच जनाले पाँच रोपनी जग्गा उपलब्ध गराएको जानकारी दिनुभयो । “हर्कबहादुर गर्बुजाले दुई रोपनी १२ आना, हर्कराज पुर्जाले १४ आना, सिरप्रसाद पुर्जा पुनले १५ आना, शेरबहादुर पुर्जा र प्रेमशोभा पुर्जाले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । हाल पाँच रोपनी क्षेत्रफल रहेको स्वास्थ्य चौकीको भवन परिसरमा रहेको थप पाँच रोपनी जग्गा प्राप्त भएको पुर्जाले बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइ (भवन) बागलुङका प्रमुख उमेश चौधरीले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार स्तरोन्नति हुने स्वास्थ्य चौकीको भवन विस्तार गर्न लागिएको बताउनुभयो । जग्गा प्राप्ति प्रक्रिया पूरा भएपछि डिजाइन तयार पारेर ठेक्कामार्फत भवन बनाउने उहाँले बताउनुभयो । विसं २०७२ को भूकम्पले स्वास्थ्य चौकीको पुरानो भवन जीर्ण बनाएको थियो । गत वर्ष शहरी आवास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले ठेक्कामार्फत रु एक करोड ३१ लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको थियो । दुई तले भवनको भुइँतला स्वास्थ्य चौकीको सेवा प्रवाह र प्रशासनिक कक्ष तथा माथिल्लो तलामा दुई परिवारका लागि आवास कोठा छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू