Previous Version
Tuesday, Apr 13, 2021  |  मंगलवार, ३१ चैत्र २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्से नयाँ उचाइमा “सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ” हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस अझै मेलम्चीको पानी वितरण भएन शून्य समय : रोजगारीदेखि एमसिसीसम्मका विषय “कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू” म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन : नुवाकोटमा एक दर्जन कार्यक्रम बुटवलमा तीन सङ्क्रमितको मृत्यु कोरियामा नेपाली मजदूरको भिसा अवधि थप ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कालीकोटका ६० वटा वनमा आगलागी मनकामना केबुलकार नियमित सञ्चालन

नर्सरी स्थापना

शनिबार, ४ पौष २०७७, सगरमाथा पोष्ट.
वाग्मती, वाग्मती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम शुरु गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा रु सात लाखको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम शुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले विशुद्ध नयाँ प्रविधिबाट विविध प्रजातिका बिरुवा उत्पादन हुनेछन् । गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कूल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ । उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करुपमा वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिनुभयो । आगामी विसं २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ । गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच÷छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू