Previous Version
Tuesday, Apr 13, 2021  |  मंगलवार, ३१ चैत्र २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्से नयाँ उचाइमा “सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ” हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस अझै मेलम्चीको पानी वितरण भएन शून्य समय : रोजगारीदेखि एमसिसीसम्मका विषय “कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू” म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन : नुवाकोटमा एक दर्जन कार्यक्रम बुटवलमा तीन सङ्क्रमितको मृत्यु कोरियामा नेपाली मजदूरको भिसा अवधि थप ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कालीकोटका ६० वटा वनमा आगलागी मनकामना केबुलकार नियमित सञ्चालन

कोरोनाको जोखिम बढेको भन्दै गाँउपालीकाले लकडाउन पुस ५ सम्म बढायो

सोमबार, २९ मंसिर २०७७, सगरमाथा पोष्ट.
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उहाँले भन्नुुभयो, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।” 
आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी पुस ५ गतेसम्म  लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि मङ्सिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । 

लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने छन्् । साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन्् । औषधि पसल, एम्बुलेन्स सेवा भने सञ्चालन हुने छन् । डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू