Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
टोखाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’

कृषि तथा पशुपक्षीको विकास र उत्पादनका लागि रु ६७ लाख बजेट

शनिबार, २७ मंसिर २०७७, सगरमाथा पोष्ट.
वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पशुपक्षी तथा कृषि क्षेत्रको संरक्षण, विकास र उत्पादकत्व वृद्धिका लागि चालू आर्थिक वर्षमा रु ६७ लाख भन्दाबढी बजेट विनियोजन गरेको छ । साथै उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि रहेको बाँझो खेतीयोग्य जमीन उपयोगमा ल्याउनसमेत बजेट विनियोजन भएको सो जनाइएको छ । बाँझो जमीन उपभोग कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरिएको छ ।  हेटौँडाका साविक ११ वडा मात्र रहेका र पछि थपिएका वडामा बाँझो जमीन राखेर विदेश जाने खेत बाँझो हुने समस्या बढेको छ । बाँझो जमीनलाई खनजोत गर्ने तथा तरकारी र अन्नबाली उत्पादन गर्ने किसानलाई प्राथमिकता दिएर उक्त कार्यक्रम ल्याइएको छ । 

खेतीयोग्य जमीन बाँझो राखेर विदेश जाने र रोजगारीका लागि भौतारिने जस्ता कार्यबाट मुक्त गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो । त्यस्तै चालू आर्थिक वर्षमा कृषिबाली क्षतिपूर्ति अनुदानका लागि पनि रु १० लाख बजेट विनियोजन गरिएको छ । 

किसानले आफ्ना खेतबारीमा लगाएका बाली कुनै कारणले  उत्पादन हुन नसके वा हानि नोक्सानी भएमा उक्त क्षतिपूर्तिको कार्यक्रम ल्याइएको हो । उपमहानगरपालिकाबाट प्राप्त विवरणअनुसार गाई, बाख्रा, बङ्गुर र पाडापाडीपालन प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ । 

नगरका विभिन्न क्षेत्रमा गाई प्रवद्र्र्धन कार्यक्रमअन्तर्गत रु २१ लाख ३३ हजार बजेट विनियोजन गरिएको छ । लागत साझेदारीमा बङ्गुर प्रवद्र्धन कार्यक्रमका लागि चालू आर्थिक बर्षमा  रु १० लाख छुट्याएर काम गर्न लागिएको प्रमुख महतले जानकारी दिनुभयो । 

त्यस्तै साना र व्यावसायिक बाख्राको उत्पादन पकेट विकास कार्यकमअन्तर्गत रु १५ लाख बजेट विनियोजन गरी उक्त कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो । साथै कृषि तथा पशुपक्षीसम्बन्धि तथ्याङ्क अध्यावधिक कार्यक्रम यो वर्ष गर्न लागिएको र त्यसका लागि रु एक लाख रकम छुट्याइएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू