Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
सवारी साधन आवतजावतमा रोक ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ अठार अर्ब राजस्व सङ्कलन वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने नेपालमै चिनिँदैन अर्थोडक्स चिया निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे आज मिति २०७७ साल माघ ९ गते शुक्रबार , जनवरी २२ , तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात

४८.५ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

शुक्रबार, १९ मंसिर २०७७, सगरमाथा पोष्ट.
बनियानी, झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ बिहानीटोलबाट अर्जुनधारा–६ का २५ वर्षीय आशीष थापालाई ९.५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीले थापा सवार प्र.१–०१–०१३ प २७०१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरीले अर्जुनधारा–९ प्रणामी मन्दिर नजिकबाट मे५प ९२५६ नंको मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–२ का २२ वर्षीय प्रिन्स खनाललाई ३९ ग्राम ब्राउनसगुरसहित पक्राउ गरेको छ । बरामद ४८.५ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रनाउ थापाले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू