Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

रासस समाचार प्रभाव : तीन दशकदेखि साङ्लोले बाँधेर राखिएको पुरुषको उद्धार

शुक्रबार, १९ मंसिर २०७७, सगरमाथा पोष्ट.
लमजुङ, तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक बनाइएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका मानसिक सन्तुलन गुमेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ । यही मङ्सिर १५ गते सोमबार राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशित ‘तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक’ समाचारपश्चात मानवसेवा आश्रम लमजुङले बिहीबार उक्त स्थानमा पुगी उनको उद्धार गरेको हो । सोही वडाका वडाध्यक्ष खेमबहादुर गुरुङ, स्थानीयवासी र परिवारको रोहवरमा आश्रमका संयोजक अनिता अधिकारी, प्रहरी, सञ्चारकर्मीलगायत त्यहाँ पुगेका टोलीले उद्धार गरेको हो । आश्रमका संयोजक अधिकारीले भन्नुभयो, “राससमा जिल्ला प्रतिनिधि जनक श्रेष्ठले उहाँका बारेमा लेख्नुभएको समाचार पढ्यौँ, थाहा पायौँ अनि आश्रमले उद्धार गर्नुपर्छ भन्ने लागेर उद्धार गरेका हौँ ।” बेवारिसे सडक मानव उद्धार गर्ने गरे पनि बेलाबखत यस्ता दयनीय अवस्थामा रहेका व्यक्तिको समेत उद्धार गर्ने गरेको उहाँको भनाइ छ । उहाँको जीवन परिवर्तन गर्नका लागि आश्रममा ल्याइएको र मान्छे भएर मान्छेकै भेषमा पशुतुल्य जीवन बिताउँदै आएका कारणले आश्रमले उद्धार गरेको जनाइएको छ । मानसिक सन्तुलन गुमेका गुरुङका ठूलो दाई बेनीराम गुरुङले भाइको बारेमा समाचार प्रकाशित गरेकामा रासस टिम र उद्धार गरेकामा आश्रमलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई धेरै दुःख थियो, कताबाट सहयोग होला र भाइको उद्धार तथा उपचार होला भन्दै बसेका थियौँ तर अहिले उद्धार भएकाले भगवान्ले आशीर्वाद दिएजस्तो लागेको छ ।” गुरुङको १८ वर्षको उमेरमा मानसिक सन्तुलन गुमेयता परिवारले घरकै कोठामा फलामको साङ्लोले बाँधेर कोठामै बन्धक बनाउँदै आएको थियो । गुरुङलाई यतिकै छोड्दा जता पायो त्यतै जाने, जो भेट्यो उसलाई हिर्काउने, पिट्ने तथा घरका सामान फाल्ने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्ने गरेको परिवारले जनाएको छ । गुरुङका बुबाआमाको मृत्यु भएपछि ठूलो दाइ बेनीराम र भाउजुु दबलकुमारी गुरुङले हेरचाह गर्दै आउनुभएको थियो । कष्टकर जीवन बिताउँदै आउनुभएका गुरुङको आश्रमले उद्धार गरेपछि परिवारसमेत खुशी भएको छ । बेँसीशहर नगरपालिका–७ हाइस्कूलचोकमा विसं २०७३ चैत १२ गते एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएको छ । हाल आश्रममा उद्धार गरिएका गुरुङसहित २५ जना छन् । यस आश्रमले आगामी पुस महिनाभित्रमा जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने लक्ष्य राखेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू