Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ अठार अर्ब राजस्व सङ्कलन वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने नेपालमै चिनिँदैन अर्थोडक्स चिया निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे आज मिति २०७७ साल माघ ९ गते शुक्रबार , जनवरी २२ , तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

शुक्रबार, १९ मंसिर २०७७, सगरमाथा पोष्ट.
झापा, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गर्नुभएको छ । यद्यपि उपप्रमुखले दावी गर्नु भएजस्तो सरकारी गाडी जलाउन नखोजेको उहाँले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा सङ्घको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नंको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसङ्घको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आउनुभएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला बिहीबार अपराह्न ३ बजेतिर आफू सवार गाडीमा आगजनीको प्रयास भएको उपप्रमुख उप्रेतीको भनाइ छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू