Previous Version
Friday, Jan 22, 2021  |  शुक्रबार, ९ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ अठार अर्ब राजस्व सङ्कलन वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने नेपालमै चिनिँदैन अर्थोडक्स चिया निर्वाचन संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे आज मिति २०७७ साल माघ ९ गते शुक्रबार , जनवरी २२ , तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री निर्वाचन समाचारः मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब २०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले माघ ११ गते माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : दुगड छ महिनामा साढे छ खर्बको आयात सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम

निजी क्षेत्रको एजेण्डामा महासङ्घ र परिसङ्घबीच सहकार्य गरिने

शुक्रबार, १९ मंसिर २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसङ्घले स्वागत तथा बधाई ज्ञापन गरेको छ । परिसङ्घको कार्यालयमा आज आयोजित कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो । कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पार्नुभयो । उहाँले नयाँ कार्यसमितिसँग महासङ्घसँगको सहकार्यलाई थप सुदृढ र मजबूत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै समस्या उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्या फरक पर्ने भएकाले मध्यमार्गी बाटो अपनाइ एकताबद्ध भएर जानुपर्ने बताउनुभयो । उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले विगतमा पनि परिसङ्घसँग सहकार्य गर्दै आएको स्मरण गर्नुभयो । आर्थिक पुनःउत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसङ्घ र महासङ्घ मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले निजी क्षेत्रका संस्था प्रतिस्पर्धीभन्दा साझेदारका रुपमा भएकाले यही क्षेत्रबाटै समृद्धि सम्भव रहेको बताउनुभयो । कार्यक्रममा परिसङ्घकोतर्फबाट परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्ष सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । महासङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घाइ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलगायत सहभागी हुनुहुन्थ्यो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू