Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

नाट्टा निस्कियो पर्यटन गन्तव्यमा

बिहीवार, १८ मंसिर २०७७, सगरमाथा पोष्ट.
पोखरा, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन पुनरुत्थानका लागि पोखराका पर्यटन व्यवसायी आज प्रदेशका तीन जिल्लाकोस्थलगत भ्रमण निस्किएका छन् । चारदिने भ्रमण गोरखा, लमजुङ र तनहुँका पर्यटन गन्तव्यमा केन्द्रित हुने छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई संस्थाको प्रतीकचिह्नाङ्कित ज्याकेट हस्तान्तरण गरेर टोलीलाई बिदाइ गर्दै कोभिड– १९ का कारण सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई अब स्वास्थ मापदण्ड अपनाएर चलायमान गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा परिषद्का द्वितीय उपाध्यक्ष एवम् भ्रमण कार्यक्रम संयोजक किशोर दाहालले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिनुभयो । परिषद्का पूर्वअध्यक्ष पशुपति शर्माले छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको भ्रमणले आन्तरिक पर्यटनलाई चलायमान गराउने विश्वास व्यक्त गर्नुभयो । नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ सतर्कता अपनाउँदै आन्तरिक पर्यटकलाई निम्तो दिन पर्यटकीय गन्तव्यको भ्रमण आयोजना गरिएको बताउनुभयो । भ्रमणले पोखरा सुरक्षित छ भन्ने सन्देश दिने उहाँको भनाइ थियो । नाट्टा गण्डकीका महासचिव कमला गिरीले तीन जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य पुगेर स्थानीय पर्यटन ब्यवसायीसँग अन्तरक्रिया गरिने जानकारी दिनुभयो । उहाँका अनुसार स्थलगत भ्रमणमा गोरखाका दरबार, मनकामना, बुङ्कोट, वाक्येश्वरी(बक्रेश्वर), बारपाक र लिगलिगकोट, तनहुँका छाब्दीबराह, बन्दिपुर, मानहुँकोटलगायतको अवलोकन गर्न कार्यक्रम छ । टोलीमा सस्थाका सदस्य, सञ्चारकर्मीसहित २४ जनाको सहभागिता छ । हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ छन् । ---

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू