Previous Version
Tuesday, Apr 13, 2021  |  मंगलवार, ३१ चैत्र २०७७   |  नेपाली समय लोड हुदैछ...
नेप्से नयाँ उचाइमा “सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ” हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने आभाष हर्टकनेक्ट रेस्टुरेन्ट एण्ड बार संचालनमा नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस अझै मेलम्चीको पानी वितरण भएन शून्य समय : रोजगारीदेखि एमसिसीसम्मका विषय “कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू” म्यानमारमा भैइरहेको हत्या र दमन विरुद्ध प्रदर्शन : नुवाकोटमा एक दर्जन कार्यक्रम बुटवलमा तीन सङ्क्रमितको मृत्यु कोरियामा नेपाली मजदूरको भिसा अवधि थप ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कालीकोटका ६० वटा वनमा आगलागी मनकामना केबुलकार नियमित सञ्चालन

तादी गाँउपालीका भित्रका उद्यमीले ४ प्रतिशत व्याजमा ५ करोड सम्म ऋण पाउने

बुद्धबार, १७ मंसिर २०७७, रबिन थपलिया । सगरमाथा पोष्ट.
काठमाण्डौं । मंसिर १७ । नुवाकोटको तादी गाँउपालीका भित्र व्यवसायीक कृषि तथा पशुपालन गर्ने व्यवसायीहरुले ४ प्रतिशत व्याजमा ५ करोड सम्मको ऋण पाउने भएका छन् । 
सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि तेस्रो शंशोधन २०७७ बमोजिम तादि गाउँपालीका क्षेत्रका उद्यमि व्यवसायिको लागि उद्यमशिल कर्जा दिनको लागि आज तादि गाउँपालीका, कृषि विकास वैंक खरानिटार शाखा र नुवाकोट उद्योग वाणिज्य संघ विचमा सम्झौता भएको छ । 
सम्झौता बमोजीम तादी गाउँपालीकाको सिफारिसमा लगानि गर्ने तथा वैंक द्धारा लगानि गरिएका उद्यमि लाई तादी गाउँपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा गाउँपालीकाको तर्फवाट अध्यक्ष श्री नारायण पण्डे, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट अध्यक्ष तारा वहादुर कार्की र वैंकको तर्फवाट शाखा प्रवन्धक राजु मिजार द्धारा हस्ताक्षर गरिएको छ । 
तादी गाँउपालीकका अध्यक्ष नारायण पाण्डेले सम्झौता पछि गाँउपालीका भित्र उद्यमसीलता बिकासका निम्ती सहयोग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष पाण्डेले कर्जा प्रवाहले स्वरोजगारी वृद्धि हुने तथा ग्रामिण अर्थतन्त्र समेत विकास हुने अवस्था सिर्जना हुने बताए ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा वहादुर काकीले निजी क्षेत्र विकासका लागि यस सम्झौता कोसेढुंगा हुने विश्वास व्यक्त गरे । 
उद्यमिको लागि कर्जा भुक्तानि समयावधि ५ वर्षको हुने कृषि बिकास वैंक खरानीटार शाखाका प्रवन्धक राजु मिजारले बताए दिए । 
यो सम्झौताको समयावधि नेपाल राष्ट्र वैंक वाट व्याज अनुदान कार्याविधिको कार्यान्वयन गरे सम्मका लागि हुने छ ।हस्ताक्षर कार्यक्रम गाउँपालीकाको वैठक कक्ष खरानिटारमा सम्पन्न भएको थियो ।

कस्ता व्यवसायिले पाउँछन् , कति सम्म कर्जा पाउन सक्छन्, व्याज कति पर्छ ?
व्यवसायिक कृषि तथा पशुपंक्षि कर्जा पाँच करोड रुपैयाँ सम्म, शिक्षित युवास्वरोजगार कर्जा सात लाख रुपैयाँ सम्म, विदेश वाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँ सम्म, महिला उद्यमशिल कर्जा पन्ध्र लाख रुपैयाा सम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयाँ सम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा पाँच लाख रुपैयाँ सम्म र भुकम्प पीडितहरुको निजी आवाश निर्माण कर्जा तिन लाख रुपैयाँ सम्म लिन सकिन्छ । भने व्यवसायिले ३ देखि ४ प्रतिशत सम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशत सम्म व्याज नेपाल सरकार ले तिरिदिने छ । हाल नेपालका वाणिज्य वैंकको व्याजदर ८ देखि १० प्रतिशतको विचमा रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू