Previous Version
Wednesday, Jan 27, 2021  |  बुद्धबार, १४ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग संसद्मा कानूनसम्बन्धी आधुनिक अभिलेखालयको माग चन्द्रनहर मर्मत सम्भार नहुदा किसानहरु चिन्तित वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ : तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क प्रदेश नं २ खोप अभियान : खोप लगाउन आग्रह चार चिनी उद्योगले उखु किसानलाई बक्यौता रकम भुक्तानी विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

नेकपा विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक छ : गौतम

बुद्धबार, १७ मंसिर २०७७, सगरमाथा पोष्ट.
किमाथाङ्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद गौतमले पार्टीमा देखिएको विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक भएको बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य गौतमले अबको केन्द्रीय कमिटीको बैठकबाट महाधिवेशनको कार्यतालिकामाथि छलफल गरेर त्यसको कार्यान्वयनतिर लाग्नुपर्ने बताउनुभयो । उहाँले हिजोका दिनमा रुसी तथा चिनियाँ कम्युनिष्ट पार्टीमा दुई लाईनको सङ्घर्ष भई पार्टी विभाजन हुने खतरा रहेका समयमा समेत तिनले पार्टी विभाजन नगरी व्यवस्थापन गरेको उदाहरण दिँदै उहाँले देशको नेतृत्व गर्नका लागि पार्टी विभाजन नभई एकताका पक्षमा लाग्नु नै उपयुक्त हुनेमा जोड दिनुभयो । पार्टीभित्र अबको महाधिवेशनबाट उमेरहद लागु हुनुपर्ने गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “उमेर मात्र नभएर दृष्टिकोण, विचारसमेत युवाशक्तिले अवलम्बन गर्ने खालको हुनुपर्नेछ ।” हिजो पूर्वएमाले र पूर्वमाओवादीले लिएका सिद्धान्त, विचार तथा कार्यक्रम थाती राखेर अब ‘जनताको जनवाद’ माथि छलफल गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू